यी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

२०७७ माघ ३ शनिबार, काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ ।

यस्तो छ दुई दिनको पूर्वानुमान

माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार