नेपालमा भारत विरोधी गतिविधि भएको छैन : राजदुत आचार्य

२०७७ माघ ३ शनिबार, काठमाडौं । भारतका लागी नेपाली राजदुत निलम्बर आर्चायले नेपालमा भारत विरोधी गतिविधि नभएको दावी गर्नु भएको छ ।

उहाँले दुई देशका बीचमा केही विवाद हुँदैमा नेपाल भारतको विरोधी नहुने पनि स्पष्ट पार्नुभयो । राष्ट्रियहित अनुसार काम गर्दै जाँदा परिणाम अलि ढिलो आउने बताउदै सिमा विवाद समस्या पूरानो समस्या भएकाले मैत्रीपूर्ण रुपमा निकास निकाल्नु पर्ने आचार्यले बताउनुभयो।

आचार्यले भन्नुभयो “नेपाल–भारतको सम्बन्ध अहिले सुदृढ भएको छ, अझ अहिलेको परराष्ट्रमन्त्रीको भारत भ्रमण र नेपाल भारत उच्च संयन्त्रको बैठकले दुई देशको सम्बध प्रगाढ बनाउन सहयोग गरेको छ ।”

राजदूत आचार्यले नेपाल–भारतको संयुक्त बैठकमा आर्थिक, सामाजिक, साँस्कृतिक, सिमा समस्या, पारवहनलगाएतका धेरै विषयमा छलफल भएको जानकारी पनि दिनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार