२०७७ माघ ४ आइतबार, काठमाडौं । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेक कम्पनी मिलेर बनाएको कोरोनाविरुद्धको उक्त खोप लगाएका १३ जनाको खोप लगाएको केही समयमै साइड इफेक्ट देखिएको र उपचारको क्रममा मृत्यु भएको नर्वेको पत्रिका दी लोकलले जनाएको छ ।
यस्तै १० जनाको पनि खोप लगाएको केही घण्टामै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश ८० वर्ष उमेर समूहका रहेका छन् भने त्यस्ता व्यक्तिहरुको लागि उक्त खोपको प्रयोग उच्च खतरनाक रहेको समाचारमा उल्लेख गरिएको छ ।
सामान्य ज्वरो आएका व्यक्तिलाई केही मात्र असर देखिएपनि गम्भीर अवस्थाका बिरामीलाई भने खोप घातक रहेको नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले बताएका छन् ।
यस्तै चिकित्सक हार्टेमोले खोपको स्वरुप परिवर्तन गरिएको बताएका छन् । खोप निर्माता फाइजरले घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेका जनाएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’