दाहाल–नेपाल जी कित्ता क्लियर गर्नुहोस् : भट्टराई

२०७७ माघ ५ साेमबार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि दाहाल नेपालले कारवाही नगरेकोले आशंका पैदा भएको बताउनुभयो ।

उहाँले दाहाल र नेपाल अझै सत्ताकै दाउमा रहेको आशंका व्यक्त गर्नुभएको छ ।

‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न, तपाईंहरू कित्ता क्लियर गर्नुस्,’ डा. भट्टराईले भन्नुभयो, ‘तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।’

प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएकोले शान्तिपूर्ण आन्दोलनमा आफूहरू लागिपरेको भट्टराईको भनाइ छ । तर अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले उल्लेख गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार