२०७७ माघ ६ मङ्गलबार, काठमाडौं । वेव सिरिज ‘ताण्डव’ का निर्देशक अली अब्बास जफरले माफी मागेका छन् । १५जनवरीमा अमेजन प्राइमबाट प्रसारीत सिरिजलाई लिएर सामाजिक सन्जालमा बिरोध मात्रै भएन, प्रहरी हुँदै यो केस अदालत सम्म पुग्यो । बिरोधका कारण टिमको समेत ध्यानाकर्षण भएको छ । अन्तत जफरले सामाजिक सन्जालमा पोस्ट गर्दै माफी समेत मागेका छन् ।
अली लेख्छन,”हामी ‘ताण्डव’ लाई लिएर दर्शकले दिएका प्रतिकिर्यालाई नियालिरहेका छौ । सुचना तथा प्रसारण मन्त्रालयले हाम्रो बिरुद्ध उजुरी परेको समेत बताएको छ । हामीले प्रस्तुत गरेको सामाग्री मध्ये केही अंशले केही दर्शकको भावनामा ठेस पुगेको जानकारी प्राप्त भएको छ । यो सिरिज नितान्त काल्पनिक भएकोले यससँग जोडीएका कुनै पनि घटनालाई सत्य नमानिदिनु होला । हाम्रो कोही पनि ब्यक्ती, जाती, समुदाय, धर्म या धर्मिक विश्वासलाई ठेस पुर्याउने साथै कुनै संस्था, राजनीतिक दल, जिवित म्रित ब्यक्तीलाई अपमान गर्ने कुनै नियत रहेको छैन । ताण्डवका कलाकार साथै सम्पूर्ण टिम सम्पूर्ण दर्शक समक्ष माफी माग्छौ ।”
https://twitter.com/aliabbaszafar/status/1351156934133620742?s=20
जफरको डेब्यु निर्देशकिय वेब सिरिज ‘ताण्डव’ मा सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जिशान आयुब, सुनिल ग्रोवर, कुमुद मिश्रा लगायत कलाकारको अभिनय रहेको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’