बझाङ घटना दोषीलाई हदैसम्मको कारबाही गर्न नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिचन्द्रले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति सरकारले हत्यारालाई संरक्षण गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

छविसपाथिभेरा ३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या भएको जनाइएको छ । नेपाल तरुण दलका सदस्य सिंहको हत्याराहरुलाइ सरकारले संरक्षण गर्न लागेको भन्दै सिंहलाइ न्याय दिलाउन नेपाल विद्यार्थी संघले बुधबार विरोध प्रदर्शन गरेको छ।


नेपाल विद्यार्थी संघ त्रिचन्द्रको आह्वानमा भएको बिरोध सभामा नेबिसंघका केन्द्रिय स्तरका नेता साथै बझाङ जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बिरोध सभालाई सम्बोधन गर्ददै नेता नारायण हमालले यो घटना कतै निर्मला पन्तको जस्तो त हुने हैन भन्ददै  अपराधीलाई हदै सम्मको कार्वाहीको माग गरेका छन । सरकारले अपराधी लाइ बचाउन चलखेल गरे आन्दोलन झनै चर्काउने घोषणा समेत गरेका छन ।

आन्दोलनमा नेपाल विद्यार्थी संघका नेता हमाल नेपाली काङ्ग्रेसका नेता शमशेर बम, सोहि गाउपालिकाका काङ्ग्रेस अध्यक्ष उम्मेदवार झलक कठायत लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 
बिरोधमा कार्यक्रममा justice for अमृत हत्यारालाई कार्वाही गर, राज्य आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका तर्फबाट विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेका छन् । सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय नेकपाका कार्यकर्ताहरुबाट पार्टीका नेता/कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका जनाएको छ ।

नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका भन्दै कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो-याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।

मंगलवार बझाङ छबिसपाथिभरा गाउँपालिका स्थित बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा नेकपाका कार्यकर्ताहरूले धारिलो हतियार प्रयोग गरि नेपाल तरुण दलका सदस्य अमृत सिंहको हत्या गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार