आत्महत्याकाे प्रयास गरेका गायक परियारको मृत्यु

२०७७ असार १२ शुक्रबार, रुपन्देही ।  गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । उनले आत्महत्याको प्रयास गरेपछि उपचारकाे क्रममा मृत्यु भएको हाे । रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

तर, उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार