संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभा अध्यक्षको विरोध

२०७७ माघ १९ साेमबार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस फिर्ता गरेको विषयको राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाले विरोध गरेका छन् ।

अध्यक्ष तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गर्दै सिफारिस फिर्ताको विरोध गरेका हुन् । यस्तै नियुक्ति सिफारिस गर्ने निर्णयमा आफ्नो संलग्नता नरहेको समेत उनले स्पष्ट पारेका छन् । ‘मसमेत सहभागी भइ निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरू विधिसम्मत् ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो । प्रतिनिधि सभा विघटनपूर्व संघीय संसद्का महासचिव एवम् सुनुवाइ समितिका सचिवलाई सिफारिस पत्रहरू उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसहरू सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु’, अध्यक्ष तिम्सिनाले भनेका छन् ।

यसअघि आइतबार सभामुख सापकोटाले संवैधानिक परिषद्ले गरेको सिफारिस फिर्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार