२०७७ माघ १९ साेमबार, काठमाडौं । भारतीय कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी पत्नी गिन्नी छत्रतले दोस्रो सन्तानका रूपमा छोरालाई जन्मा दिएकी हुन् । सोमबार बिहान कपिल शर्माले ट्विट गर्दै आफ्नो दोस्रो सन्तान भएको जानकारी दिएका हुन् ।
‘नमस्कार, आज बिहान हामीलाई पुत्र लाभ भएको छ, भगवानको कृपाले बच्चा र आमा दुवै स्वस्थ छन्, सबैको माया, आशीर्वाद र प्रार्थनाका लागि धन्यवाद। लभ यु अल। गिन्नी एन्ड कपिल,’उनले ट्विटरमा लेखेका छन्।
कपिल र गिन्नीकी एक बर्सिया छोरी अनायरा समेत छिन्।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो