धनुषा पुगेर ओलीले भने, ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर !’

२०७७ माघ १९ साेमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’मा भनेजस्तै आफू प्रतिकुल परिस्थितिमा पनि अगाडि बढिरहेको बताउनुभएको छ । आज नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अहिलेको सरकारको काम विकास गर्ने हो । विकासमा लाग्या छ । पार्टीभित्रै बसेर सरकारको खुट्टा तान्नेहरु केही थिए । म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’, उहाँले गीतको अन्तरा उच्चाहरण गर्दै भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू देश बनाउने संकल्पमा लगातार अघि बढिरहनको भए पनि केहीले त्यसलाई रोक्ने प्रयास गरेको आरोप लगाउनुभयो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले छाडेर गएपछि पार्टीमा गति पैदा भएको उहाँको दाबी थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा हुने दाबी गर्नुभयो ।

‘चुनावको तयारीमा लागिहाल्नुस् । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार