अदालतको अवहेलना गरेको आरोप लगाउँदै कसले हाल्यो प्रचण्डविरुद्ध मुद्दा ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । मुद्दा अधिवक्ता समीर हायूले हाल्नुभएको हो ।

सर्वोच्चमा आइतबार नै निवेदन पेश गरिएकोमा आज अदालत खुलेसँगै मुद्दा दर्ता भएको हो । यो मुद्धाको पेशी मंगलबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड–माधव समूहको कार्यक्रममा प्रचण्डले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै मुद्दा दर्ता भएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएको थियो , जसको सुनुवाइ गर्दै सर्वोच्चले ओलीलाई एक हप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन माघ १५ गते आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार