भोली पनि बख्तरबन्द गाडीको अभ्यास, आखिर किन सेना एक्कासी यस्तो गर्दैछ ?

२०७७ माघ २० मङ्गलबार, काठमाडौं । हिजो राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले भोली पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ ।

यसैक्रममा भोली बिहान ५ बजे काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस् भनेर यो समय रोजिएको नेपाली सेनाले जनाएको छ ।

सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । नेपाली सेनाले लामो समयदेखि बख्तरबन्द गाडी सडकमा निकालेको थिएन । नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भन्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार