‘केजिएफ-२’ हेर्न प्रधानमन्त्री समक्ष बिदा माग

२०७७ माघ २० मङ्गलबार, काठमाडौं । प्रशान्त निलद्वारा निर्देशित ‘केजिएफ-२’ आगामी जुलाई १६ मा सार्वजनिक हुने छ । दक्षिण भारतीय स्टार अभिनेता यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग गरेका छन् ।

‘यश फ्यान ग्रुप’ले ट्विटरमा भारतीय प्रधानमन्त्री सामाजिक सञ्जालमा लेखेको त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।’चलचित्र हेर्न दर्शक व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं । यो चलचित्रमात्रै हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला।’ उक्त पत्रमा उल्लेख छ ।
‘केजिएफ २’ हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ । यश र संजयबाहेक श्रीनिधि शेट्टी र रविना टंडन फिल्मका मुख्य कलाकार हुन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार