ट्राफिक जरिवाना भुक्तानी अब अनलाइनबाटै

२०७७ माघ २१ बुधबार, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अब अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । महाशाखाले आज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार