रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

२०७७ माघ २१ बुधबार, काठमाडौं । कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए । रोनाल्डोले खेलको २६औ र ३५औ मिनेटमा गोल गरेका थिए । यसअघि खेलको नवौं मिनेटमा इन्टर मिलानका लागि लाउतारो मार्टीनजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

योजितपछि युभेन्टसले सेमिफाइनलको पहिलो लिगमा २-१ को अग्रता बनाएको छ । अब सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी १० मा हुने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार