‘निर्वाचन आयोगले विभिन्न बाहना बनाएर अल्मल्याइरहेको छ’

२०७७ माघ २१ बुधबार, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता कृष्ण भक्त पोखरेलले पार्टी अध्यक्षमा दुई जना अध्यक्षहरु चाहिने र महासचिव चाहिने भन्दै आयोगले आफूहरुलाई अल्मल्याएको आरोप लगाउनु भएको छ ।

नेता पोखरेलले भन्नुभयो ‘निर्वाच आयोगले विभिन्न बाहाना देखाइरहेको छ, त्यहि भएर हिजो हामी ६४ जनाको हस्ताक्षर गरेको निणर्य लिएर निर्वाचन आयोग गएका थियौँ, दफा ६४ ले बहुमत भएको पार्टी नै आधिकारीक भएको देखाएको छ, बहुमत नपुगेकोले अर्काे नयाँ पार्टी बनाउने बाटो खोल्दिएको छ ।’

नेता पोखरेलले निर्वाचन आयोगले कसैको डर र धम्किमा नपरि निस्पक्ष निणर्य गर्नेमा आफू विश्वस्थ भएको बताउनु भयो । ४ सय ४१ केन्द्रिय समितिका सदस्यहरु मध्य बहुमत नै आधिकारीक पार्टी भएको बताउदै प्रधानमन्त्रीको पक्षमा बहुमत भए आफूहरु पार्टी दावी नगर्ने पोखरेलको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार