२०७७ माघ २२ बिहीबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहका नेता खीमलाल भट्टराईले बिहिबार दाहाल–नेपाल समूहले आफ्नो स्वार्थ पूरा गर्नका लागि आह्रवान गरेको आमहड्तालले जनताको पिडा बढाएको आरोप लगाउनुभएको छ ।
उहाँले व्यक्तिगत इगोलाई लिएर कोरोना महामारीकाबीच आमहड्ताल गर्ने कामलाई जनताले नस्वीकार्ने र त्यसको अवज्ञा गर्ने पनि बताउनुभयो ।
शुक्रबार ओली समूहले आयोजना गर्ने आमसभामा जनताको महासागर देख्न पाईने पनि नेता भट्टराईको दावी छ । उहाँले सरकारले संबैधानिक आयोगमा गरेको नियुक्ति कानुनबमोजिम रहेको दावी गर्नुभएको छ ।
नेता पोखरेलले, “सरकारको काम नै हो, संबैधानिक नियुक्ति पनि कानुनबमोजिम भएको हो, हामी विधिको शासन मान्छौं, लोकतन्त्रलाई बलियो बनाउन हामी लागिपरेका छौं, संबैधानिक नियुक्ति हुन नदिने अनि भ्रष्टाचार बढ्यो अन्य काम भएनन् भन्दैँ हिड्न कसैले मिल्दैँन” भन्नुभयो ।
लोकतन्त्र बलियो भएको पनि उहाँले उल्लेख गर्नुभएको छ । सरकारले देश र जनताको निम्ति काम गरिरहेको देखेरै जनता मैदानमा आइरहेको पनि नेता भट्टराईले बताउनुभएको छ ।
निर्वाचनमा जान्छु भन्नु लोकतन्त्रको खिल्ली उडाउनु नभएको पनि उहाँको तर्क छ । दाहाल–नेपाल समूह बाहेक अरु दलले बैशाख १७ र २७ को निर्वाचनको तयारी थालिसकेको स्पष्ट पार्नुभएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’