२०७७ माघ २२ बिहीबार, काठमाडौं । बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यान र जोर्डी अल्बले दुई गोल गरेका थिए भने फ्रान्की डे जोंगले एक गोल गरेका थिए ।
त्यस्तै ग्रानडाका लागि केनेडी, रोबेर्टो सोलडाडो र फेडे भीकोले एक एक गोल गरेका थिए । बार्सिलोनासहित सेभिया, लेभान्टे कोपाको सेमिफाइनलमा पुगिसकेका छन् भने अब रियल बेटिस र एथलेटिक बिल्बाओबीच हुने खेलको विजयी टुंगो लागेपछि सेमिफाइनलको समिकरण पुरा हुने छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक