सडक ओर्लिए ‘प्रचण्ड’

२०७७ माघ २२ बिहीबार, काठमाडौं । बिहीबार घोषित आमहड्ताल सफल बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्किएका छन् । प्रचण्ड कार्यकर्ताहरुसँग नारा लगाउँदै सातदोबाटोमा निस्किएका हुन् ।

दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार (आज) आमहड्ताल आह्वान गरेको छ । खासगरी असंवैधानिक संसद् विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै यो समूहले आमहड्ताल गरेको हो ।

सडकमा प्रचण्डसहित देव गुरुङलगायतका नेताहरु पनि निस्किएका छन् । यता नेतृ अष्टलक्ष्मी शाक्यसहित करिब ५० जनालाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार