चाउचाउ, चिउरा र पानीसहित सडकमै बसे नेता-कार्यकर्ता [तस्बिरसहित]

२०७७ माघ २२ बिहीबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकछिन् सडकमै बसे । खुमलटारबाट निस्किएर प्रचण्डले सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्तालको पक्षमा माहौल बनाएका हुन् ।

उनीसँगै पुल्चोकको हडतालमा नेतृ पम्फा भुषाल, नेता विष्णु रिजाललगायतका नेताहरु सहभागी भएका थिए । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

हेरौं, काठमाडौँका मुख्य शहरी क्षेत्रमा बन्दको अवस्थाका केही तस्बिर :-

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार