‘किसानले बुझेजति पनि नबुझ्ने नेताहरु सडकमा छन्’

२०७७ माघ २२ बिहीबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान आन्दोलनले पुनः जागरण ल्याएको बताएका छन् । बिहीबार अखिल किसान महासंघको भेलालाई काठमाडौंबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

यस्तै ओलीले किसान आन्दोलनको परिवर्तनको खम्बा भएको बताए । उनले आफू पनि किसानकै छोरा भएको बताउँदै भनेका छन्, ‘म राजनीतिमा छु । तर, मेरो बुवा किसान नै हुनुहुन्छ । त्यसैले पनि कृषिसँगै जोडिएको छु ।’

यस्तै उनले आफैँले नै जोतेर, कोदालो चलाएर, बिउ काडेर आएको बताए । ‘मैले आफैँले हलो जोतेर आएको हुँ’, ओलीले सम्बोधनको क्रममा भनेका छन्, ‘मैले कोदालो पनि चलाएको छु । बिउ काडेको पनि छु । मैले आफैँले नै गाईभौंसी पनि दोएको छु। ।’

यसैबीच ओलीले साधारण किसानहरुले बुझ्ने कुरा अहिलेका नेताहरुले बुझ्न नसकेको बताए । ‘मै हुँ भन्ने, ठूल्ठूलो जुरो भएका नेताहरूले बुझ्दैनन् । तपाईँहरुले बुझेको कुरा नबुझेर आज कोही–कोही सडकमा हिँडिरहेका छन् । तपाईँहरुले जति कुरा बुझेको भए आज सडकमा बस्नुपर्थ्यो ?’

यसैबीच ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलेको जस्तो ‘कानून मान्दिनँ’ भनेर हिँड्ने जमाना गएको सुझाएका छन् । ‘म प्रचण्डलाई सम्झाउन चाहन्छु । पहिलेजस्तो कानून मान्दिनँ भनेर उफ्रिने जमाना छैन । कानून मान्नुपर्छ । संविधानमा मान्नुपर्छ’, ओलीले प्रचण्डको नाम लिँदै भनेका छन् ।

गायतका समाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार