५ बजेपछि प्रचण्ड-माधव समूहको हड्ताल फिर्ता

२०७७ माघ २२ बिहीबार, काठमाडौं । नेकपा प्रचण्ड- माधव समूले बिहीबार घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता भएको छ । साँझ ५ बजेबाट यातायातका साथै सबै क्षेत्रको हड्ताल सकिने बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेका भन्दै उक्त समूह निरन्तर आन्दोलित छ । बिहीबार भएको नेपाल बन्दपछिका नयाँ आन्दोलनका कार्यक्रहरु सार्वजनिक गरिएका छैनन् ।

अब लामो तथा छोटो दूरीका सबै साधन यस अघि जस्तै नियमित सञ्चालन हुनेछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार