मांसाहारी आन्दोलन गर्नेहरुलाई ‘जावलाखेल जु’ मा बन्द गरिनेछ : गृहमन्त्री

२०७७ माघ २३ शुक्रबार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सिंगो नेपाल अस्थिरताको विरुद्ध आन्दोलित भएको दाबी गरेका छन् । शुक्रबार (आज) नारायणहिटी संग्राहलय अगाडी आयोजित आमसभामा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

गणतन्त्रको रक्षाका निम्ति नारायणहिटी दरबार अगाडी आमसभा आयोजना गरिएको उनको भनाइ छ । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरुलाई ‘जावलाखेल जु’ मा बन्द गरिने चेतावनी समेत दिए ।

‘राजतन्त्रको स्थापना होइन, गणतन्त्रको रक्षा र त्यसका सुदृढिकरणका निम्ति हामीले यहाँ जनसभा आयोजना गरेका हौँ । फुटवादी  तत्वहरुले मांसाहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गरिनेछ भनेर घाेषणा गरेर हिँडेका छन्,’ गृहमन्त्री थापाले भने, ‘मांसाहरी आन्दोलनलाई हामीले अपराध घाेषित गरेका छाैँ । अब मांसाहारी आन्दोलन गर्नेहरूलाइ जावलाखेल जुमा लगेर बन्द गरिने छ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार