गृहयुद्ध होस् भन्ने चाहेको हो ?

२०७७ माघ २३ शुक्रबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको आरोप लगाएका छन् ।

काठमाडाैंमा शुक्रबार बिहान पत्रकासँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत् सबै देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताएका हुन् । यद्यपी गल्ती कमजोरीलाई सच्याउँदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उनले स्पष्ट पारे ।

विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको उनी बताउँछन् । उनले भने, ‘मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत् देशभित्र, बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरे । केपी जीले आत्मसमर्पण गरेकै हुन् ।’

उनले लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिँड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गरे । ‘सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक संकटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जिले ?’, उनले भने, ‘यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो ।’

उनले थपे, ‘लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । शान्ति र संविधानसँग जोडिएको विषय भएकाले तेश्रो जनआन्दोलन हुन्छ, हुँदैन भन्दा नि यो इसुलाई सच्याईन्छ कि सच्याईँदैन भन्ने हो ।’

उनले सरकार संविधान, नियम कानुन उलंघन गर्दे गुण्डागर्दी शैलीमा अघि बढेको आरोप समेत लगाए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार