खोप लगाएका १७ जनामा समस्या

२०७७ माघ २४ शनिबार, काठमाडौं । कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए ।

उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मर्स्याङ्दी गाउँपालिकाका एक स्वयंसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो । स्वयंसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए ।

उनीहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिँगटा लाग्नेलगायतको लक्षण देखिएको थियो । -रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार