सिटीसँग लिभरपुलको लज्जास्पद हार

२०७७ माघ २६ आइतबार, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लज्जास्पद हार बेहोरेको छ । एनफिल्डमा गएराति भएको खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग घरेलु मैदानमै ४-१ ले पराजित भएको हो ।

सिटीको जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५० अंक पुगेको छ । उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पारेको छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार