कानुनअनुसार मात्रै अबिश्वासको प्रस्ताव सामना गछौँ : राजभण्डारी

२०७७ माघ २६ आइतबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा कानुनीरुपमा नफुटेसम्म र निर्वाचन आयोगमा गएर अर्को पार्टी दर्ता नगरेसम्म प्रदेश सभाको बैठक बस्न नदिने दावी गर्नुभएको छ ।

प्रमुख सचेतक राजभण्डारीले भन्नुभयो,“भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा कुनै पनि हालतमा प्रवेश गर्न दिदैँनौँ, यदि बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुदैँन, नेकपा कानुनीरुपमा नफुटेसम्म अबिश्वासको प्रस्तावको हामी सामना गर्दैनौँ, जुन दिन पार्टी आधिकारीकरुपमा फुट्छ त्यो दिन हामी प्रस्तावको खुलेर सामना गर्छौ ।”

उहाँले भन्नुभयो आफूहरु कुर्सी छोड्न र अविश्वासको प्रस्तावको सामना गर्न तयार छौँ तर त्यो कानुन अनुसार हुनुपर्यो । विधि र प्रकृया मिचेकाले आफूहरुले अबिश्वासको प्रस्ताव टेबल हुन नदिने प्रमुख सचेतक राजभण्डारीले बताउनुभएको छ ।

विधान नमान्ने हो भने देश अराजकतातिर जाने उहाँले बताउनुभयो । अब नेकपा पार्टी आधिकारीकरुपमा फुटेपछिमात्रै यस समस्याको समाधान हुने प्रमुख सचेतक राजभण्डारीले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार