अपराधी कुनै पनि हालतमा उम्किदैँन : डिआईजी सुवेदी

२०७७ माघ २६ आइतबार, काठमाडौं । भागरथी भट्टको हत्या घटनाको अनुसन्धान प्रकृया द्रुत गतिमा भइरहेकाले अपराधी कुनै पनि हालतमा नउम्किने सुदूरपश्चिम प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक डिआईजी उत्तम सुवेदीले भन्नुभयो, “पोस्टमाटर्म रिपोर्ट म समक्ष आइसकेको छैन्, दिउँसो सम्ममा आईपुग्छ, कहिलेसम्म अपराधी पत्ता लाग्छ भन्ने कुरा यकिन गर्न सकिदैँन तर हामी छिट्टै पत्ता लगाउछौँ, सबै तथ्यहरु हामी समक्ष आएपछि मात्रै हामी तथ्यगत कुरा सार्वजनिक गर्छौ ।”

डिआईजी सुवेदीले निर्मला पन्तको जस्तै उक्त घटना सेलाउन नदिने दावी समेत गर्नुभएको छ । उहाँले घटनाको अनुसन्धानका लागि सम्पूर्ण संयन्त्र परचालन गरिएको पनि जानकारी दिनुभएको छ ।

अपराधी कुनै पनि हालतमा नउम्किने बताउँदै डिआईजी सुवेदीले प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण संकल्पका साथ निर्वाह गर्ने पन दावी गर्नुभएको छ ।

बुधबार विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा उनको शव भेटिएको थियो । प्रहरीले सबै प्रकृया अपनाएर अपराधी पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार