२०७७ माघ २६ आइतबार, काठमाडौं । चीनको बजार नियामकले एकाधिकार विरोधी नयाँ निर्देशिका जारी गरेको छ । आइतवार ठूला चिनियाँ प्रविधि कम्पनीहरुलाई लक्षित गरेर ती निर्देशिका ल्याइएको हो ।
स्टेट एड्मिन्ष्ट्रेशन फर मार्केट रेगुलेशन (एसएएमआर)ले वेबसाइटमा जारी गरेको नयाँ नियमहरूले यस अघि नोभेम्बरमा ल्याइएको प्रतिस्पर्धा विरोधी कानूनको मस्यौदालाई औपचारिक रुप दिएको छ । यसमा नियामकहरुले कडाई गर्न लागेको शृङ्खलाबद्ध प्रतिस्पर्धाविरोधी अभ्यासहरु स्पष्ट पारिएको छ ।
यस निर्देशिकाले अलिबाबाको ताओपाओ र टीमल र जेडीडटकम लगायत ठूला घरेलु इ–कमर्श साइटहरुमाथि थप दबाब सृजना गर्ने अपेक्षा गरिएको छ । यसले एन्ट गु्रपको अलिपे र टेन्सेन्टको विच्याट पे लगायत भुक्तानी सेवालाई पनि समेट्ने छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’