बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

२०७७ माघ २६ आइतबार, काठमाडौं । अज्ञात समुहले धारिलो हतियार प्रयोग गरी बारामा एक जना महिलाको हत्या गरेको छ ।जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो ।

बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् ।

श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार