आजबाट दोस्रो चरणको खोप अभियान

२०७७ माघ २६ साेमबार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट दोस्रो चरणको खोप अभियान सुरु गरिने भएको हो ।

दोस्रो चरणकाे अभियान अन्तर्गत पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोग तथा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको उनले बताए ।

विभिन्न निकायहरूका निम्ति विभिन्न अस्पतालमा खोप केन्द्र तोकेर अभियान सञ्चालन हुने प्रवक्ता अधिकारीको भनाई छ । पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइनेछ । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार