अप्ठ्यारोमा बलिउड निर्माता

२०७७ माघ २६ साेमबार, काठमाडौं । ठुलो बजेटका दुई बलिउड चलचित्र अक्षय कुमारको ‘सूर्यवंशी’ र रणवीर सिंहको ‘८३’ स्थिति सामान्य भएको भए अगिल्लो वर्षको मार्च, अप्रिलमा नै प्रदर्शनमा आउने थिए । तर त्यस्तो भएन । भारतीय राज्य सरकारले हाल खोल्ने अनुमति दिए पश्चात् त चलचित्र लाग्ला भन्ने थियो । तर सोचे झैँ चलचित्र हलमा आउन सकेनन् । अझै सम्म पनि चलचित्र प्रदर्शनको मितितय गर्न निर्माता डराईरहेका छन् ।

केन्द्र सरकारले अनुमति दिए पनि धेरै राज्यमा पचास प्रतिशत मात्रै दर्शक राखेर चलचित्र हेर्न दिने भन्ने निर्णय छ । ठुला भनिएका चलचित्रका निर्माता प्रदर्शनको लागि तयार हुन सत प्रतिशत दर्शक हलमा रहन पाउने व्यवस्था हुन जरुरी देखिन्छ ।

अझै पनि अमेरिका र बेलायतमा चलचित्र घर खुल्न सकेका छैनन् । बलिउड चलचित्रको कमाइको ठुलो हिस्सा यी दुई देशबाट प्राप्त हुन्छ । यी दुई देशमा समेत चलचित्र लगाउने वातावरण नभए पछि पनि प्रदर्शन मिति तय गर्न कठिनाई भएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार