फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार

२०७७ माघ २६ साेमबार, काठमाडौं । गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका २ जनाको प्रहरीले सकुशल उद्दार गरेकाे छ ।

काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले सकुशल उद्दार गरेको हाे ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गर्दै प्रहरीले अहिले त्यस क्षेत्रमा सचेतना बढाएकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार