सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

२०७७ माघ २७ मङ्गलबार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ ।सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय निर्धारण गरिएकोे छ ।

सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही बढेको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ ले बढेर आज प्रतितोला १३ सय ४० कायम भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार