काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-नेपाल समूह

२०७७ माघ २८ बुधबार, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पक्ष-विपक्षमा हुँदै आएका प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ । प्रदर्शन र सभाका लागि सडक प्रयोग हुन थालेपछि ट्राफिक अस्तव्यस्त हुने गरेको हो ।

आज पनि बिहानैदेखि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । कारण हो- नेकपा प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन । सो समूहले ११ बजेपछि विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनीमार्गमा विरोधसभा गर्दैछ । जसकारण चक्रपथभित्रको ट्राफिक प्रभावित हुने भएको हो । यो समूह प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा छ ।

यसरी रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागिए पछि तीनैतर्फ र टुँडीखेल वरिवरिकै आवागमन पूर्णतः प्रभावित हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानको ट्राफिकका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।

यी ठाउँबाट सुरु हुँदैछ जुलुस
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने भएसँगै उक्त क्षेत्र भएर हिड्ने सवारी ट्राफिक जाममा फस्ने भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार