भागरथी हत्याको स्थलगत अध्ययन गर्न कांग्रेसले प्रतिनिधि खटायाे

२०७७ माघ २८ बुधबार, काठमाडौं । बैतडीकी किशाेरी भागरथी भट्टको हत्यासम्बन्धि घटनाको स्थलगत अध्ययन गर्न नेपाली कांग्रेसले प्रतिनिधि खटाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले, घटनाबारे स्थलगत अध्ययन गरि प्रतिवेदन पेश गर्न कांग्रेसले केन्द्रिय सदस्य रमेश लेखकलाई प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।

गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकामा विद्यालयबाट र्फकने क्रममा भागिरथी भट्टको हत्या भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । शव परिक्षण रिपोर्टले भागिरथीको बलात्कार पछि हत्या भएको देखाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार