महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो

२०७७ फाल्गुन ४ मङ्गलबार, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ ।

पक्राउ परेका अभियुक्त सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको घर भएकै दोगडाकेदार गाउँपालिकाका निवासी ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरी बैतडी प्रहरीको जिम्मा लगाएको हो ।

प्रहरी स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पहिलेदेखि नै चिनजान रहेको पाइएको छ । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर गएका थिए ।

शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ । यद्यपि, घटनामा उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार