२०७७ फाल्गुन ५ बुधबार, काठमाडौं । मंगलबार २६ सय अंकको विन्दु पार गरेको नेपालको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेजन्ज (नेप्से) बुधबार पनि उकालोकै यात्रामा देखियो । बुधबार परिसूचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ ।
बुधबार ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँमा २ सय ३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन बैंक, व्यापार, विकास बैंक, म्युचुअल फण्ड र अन्यबाहेकका अरु समूह सूचक घटेका छन् ।
बुधबार नेपाल पूर्वाधार बैंक (निफ्रा)को शेयर मूल्य सबैभन्दा बढी ९.९६ प्रतिशतले बढेको छ । योसहित कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय ऊर्जा विकास कम्पनी, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।
सबैभन्दा बढी निफ्राको ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नविल बैंकको ४१ करोड, ग्लोबल आइएमइको ३६ करोड, नेपाल बैंकको ३५ करोड, नेको इन्स्योरेन्सको २६ करोड, प्रभु लाइफको २५ करोडको सेयर कारोबार भएको छ ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक