२०७७ फाल्गुन ६ बिहीबार, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले २०२१ को आइपिएल खेल्न नपाउने भएका छन्।
चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टिम अनुबन्ध गर्न तयार नभएपछि उनी ‘अनसोल्ड’ खेलाडीको सूचीमा परेका हुन्।
सन्दीपको आधारभूत मूल्य ४० लाख भारु थियो। यसअघि आइपिएलका तीन सिजनमा दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई यसपटक क्लबले रिटेन गरेपछि उनी अक्सनमा सामेल भएका हुन्। आइपिएलको तीन सिजनका नौ खेलमा सन्दीपले १३ विकेट लिएका छन्।
सन्दिपले आइपिएलका साथै बिग ब्यासलगायत विश्वका सबैजसो चर्चित क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो