२०७७ फाल्गुन ६ बिहीबार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन बुधबार कुल ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपैयाँमा २ सय ६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन लघुवित्त, जीवनबीमा, निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहगत परिसूचक बढेका छन् ।
सबैभन्दा बढी सेयर मूल्य बढेका कम्पनीहरुमा नेपाल हाइड्रो डेभलपर्स, कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक लिमिटेड, बेष्ट फाइनान्स कम्पनी, सिभिल बैंक लिमिटेड, निफ्रा, समृद्धि फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबार रकमका हिसाबले एनआइसी एसिया बैंकको ५६ करोड, निफ्राको ५० करोड, सिभिल बैंकको २८ करोड, ग्लोबल आइएमई बैंकको २६ करोड, नविल बैंकको २६ करोड, नेपाल टेलिकमको २५ करोड एभरेष्ट बैंकको २२ करोडको सेयर कारोबार भएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो