तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको कांग्रेस वरिष्ठ नेता पौडेलको तर्क

२०७७ फाल्गुन ६ बिहीबार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उहाँले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन आज उद्घाटन गर्दै पौडेलले भन्नुभयो ‘त्यही कर्तव्यलाई बुझेर कांग्रेससका देशभर ¥याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ ।’

सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै उहाँले भन्नुभयो ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

पौडेल भन्दा अगाडि देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार