२०७७ फाल्गुन ६ बिहीबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँगै डा. बाबुराम भट्टराईसम्मका पूर्वप्रधानमन्त्रीहरु हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा रहेको खुलासा गरेका छन् । हालै एउटा राष्ट्रिय टेलिभिजनसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
‘प्रचण्ड, बाबुराम, केपी ओली र शेरबहादुर देउवाले मलाई पटक–पटक तपाईँहरु हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा दह्रोगरी लाग्नुहोस् भन्नुभएको छ’, अन्तरवार्तामा उनले भने, ‘उहाँहरु सबै हिन्दूराष्ट्रको पक्षमा हुनुहुन्छ त्यसैले मलाई अहिलेसम्म कहीँ पनि गणतन्त्रको पक्षमा सही गराउनुभएको छैन ।’
सो अवसरमा अध्यक्ष थापाले नेपालमा हिन्दूराष्ट्र र राजसंस्था फर्किने र त्यसका लागि बिस्तारै वातावरण बन्दै गएको दाबी गरे । हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा जोसँग पनि सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो