प्रधानमन्त्री ओली विहानैदेखि छलफलमा, स्थायी कमिटिको बैठक पनि बस्दै

२०७७ फाल्गुन १२ बुधबार, काठमाडौं । सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली लगातार आन्तरिक छलफलमा व्यस्त हुनुभएको छ ।

भावि रणनीतिका बारेमा उहाँले आफु निकटस्थ र सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरिरहनु भएको उहाँका सहयोगीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आजै आफु नेतृत्वको नेकपाको स्थायी कमिटि बैठक पनि बोलाउनु भएको छ । बैठक विहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नै हुनेगरी तय गरिएको छ ।

बैठकमा सरकारले र पार्टीले अव खेल्ने भूमिका, पार्टीको विवादलाई अव कसरी आफ्नो पक्षमा पार्न सकिन्छ, आफुहरुका विरुद्धमा हुनसक्ने कदम र त्यसको जवाफ कसरी दिनेभन्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

उहाँले आफु पक्षीय सांसदहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको उहाँका सहयोगीहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार