भारत-चीन सीमा विवादः भू-उपग्रहले खिचेका तस्बिरमा विवादित गलवान उपत्यकामा चीनले नयाँ संरचना

२०७७ असार १२ शुक्रबार ,एजेन्सी । भारतसँग जोडिएको हिमाली सीमानजिकै चीनले नयाँ भौतिक संरचना बनाएको सङ्केत भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूमा देखिएको छ । उक्त क्षेत्र जुन १५ तारिखमा राति भारतीय र चिनियाँ सैनिकहरूबीच हिंसक भिडन्त भएको स्थाननजिकै छ।

उक्त घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चिनियाँ पक्षमा पनि मानवीय क्षति भएको भारतको दाबी छ। तर त्यसबारे बेइजिङले केही भनेको छैन।गत महिना खाली देखिएको स्थानमा अहिले बङ्कर, पाल र सैन्य सामग्रीको भण्डार देखिन्छ।

भारत र चीनले यो विवाद मत्थर पार्ने प्रयास गरिहेका बेला ताजा तस्बिरहरू सार्वजनिक भएका हुन्।ती तस्बिरहरू अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सरले जुन २२ मा खिचेको हो।

जुन महिनाको सुरुमा आकाशबाट खिचिएका तस्बिरहरूमा गलवान नदी देखिने क्षेत्रमा चीनले बनाएका संरचनाहरू नभएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार