म प्रधानमन्त्रीको रेसमा छैन : देउवा

२०७७ फाल्गुन २२ शनिबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला काँग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको हो ।

शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताउनुभएको छ ।

नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उहाँको भनाई छ । उहाँले संसदीय व्यवस्थामा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा बढ्ने धारणा राख्नुभएको छ ।

सरकारको विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको धारणा राख्नुभएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार