२०७७ फाल्गुन २७ बिहीबार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग समग्रमा ५–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।
बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो लेगमा व्यहोरेको ४–१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो ।
पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।
तर, खेलको ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए ।
मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् । यससँगै बार्सिलोना सन् २००६र७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित