एमालेमा माधव नेपाल पक्षका नेताकाे जिम्मेवारी खाेसियाे

२०७७ फाल्गुन २८ शुक्रबार, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीपक्षले आफुइतरको समुहको जिम्मेवारी खोसेको छ । शुक्रबार बसेको अध्यक्ष ओली पक्षको अनौपचारिक बैठकले यसअघि विभिन्न  जिम्मेवारीमा रहेका नेता माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोसेर आफ्नो पक्षका नेतालाई जिम्मेवारी दिएको हो ।

बैठकले एमालेको संगठन विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर राजन भट्टराईलाई तोकेको छ । त्यस्तै, सातै प्रदेशका इन्चार्जमा ओली पक्षका नेतालाई मात्र जिम्मेवारी दिइएको छ । यसैगरि पार्टीकाे प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेकाे नेता सुवास नेम्वाङ्गले जानकारी दिए ।

यस्तै बैठकले एमालेको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ६ गतेसम्म गर्ने गरि मिती तोकेको ओली निकट एक नेताले जानकारी दिए ।
तर यसअघि एमालेकाे केन्द्रीय समितिकाे बैठक चैत १ मा बस्ने बताइएकाे थियाे । नेता माधव नेपाल पक्षले भने आजकाे बैठकबारे केही जानकारी नभएकाे बताएकाे छ ।

बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित अन्य २३ माओवादी नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यसपछि माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः एमाले केन्द्रीय सदस्य बनेका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय बनेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार