२०७७ फाल्गुन २९ शनिबार, काठमाडौं । गत आइतबार नेपाली मूलका एक उबर चालक शुभाकर खड्कालाई तीन जना महिलाले दूव्र्यवहार गरेको भिडियो भाइरल भएको थियो । त्यसलगतै अमेरिकन एसियन समुदायमाथि आक्रमण बढेपछि चिन्ता व्यक्त भएको थियो ।
यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय अमेरिकामा आप्रवासीहरुलाई आक्रमण बढे उनको भनाइ छ ।
एक सार्वजनिक वक्तव्य दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले एसियन अमेरिकनहरुविरुद्ध आक्रमण, हिंसा, आरोपहरु बढेकामा चिन्ता व्यक्त गरे ।
‘एसियन अमेरिकनमाथि हिंसा बढेको सूचना आफूले पाएको छु । जातीय रुपमा त्यसो गर्नु अपराध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘त्यस्ता गतिविधि नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिन चाहन्छु ।’
यसअघि पनि नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङसहितले हिंसाविरुद्ध अभियान चलाएका थिए । सन् २०२१ मा एसियाली अमेरिकीमाथि १ सय ५० प्रतिशत्ले आक्रमणका घटनामा वृद्धि भएको जनाइएको छ ।
जुलाई २०२० मा मात्र २१ सय एसियाली विरोधी आक्रमणका घटना भएका थिए । राष्ट्रपति बाइडेनले महामारीविरुद्ध खटिएका फ्रन्टलाइन वर्कसमाथि हुने घटनाको पनि निन्दा गरेका छन् ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित