सिंगापुरमा लोप हुन लागिसकेको ‘स्ट्रीट फूड’ यूनेस्कोकाे विश्व सम्पदा सूचीमा सूचीकृत

२०७७ चैत्र १ आइतबार, काठमाडौं । कसैले विभिन्न अभिलेख, पुस्तक लेखेर इतिहास जोगाउँछन्, कसैले अरूलाई सुनाएर इतिहास जोगाउँछन् । तर, सिंगापुरमा भने शहरका गल्लीमा पाइने स्वादिष्ट खाना, सुपको चुस्कीले उनीहरूको मौलिकता र इतिहासलाई विश्वसामू पुर्‍याइरहेको छ ।

सिंगापुरस्थित दक्षिण-पूर्वको एउटा गाउँमा सुरुदेखि नै मानिसहरू स्ट्रीट फूड बेच्ने गर्थे । पछि त्यसप्रति मानिसको आकर्षण यति बढ्यो कि त्यस ठाउँमा मानिसहरूको बसोबास बाक्लिँदै जान थाल्यो । जसले गर्दा अहिले त्यो गाउँ शहरमा परिणत भएको छ ।

फुटपाथ कोठा लिएर होस् या नलिई सामान बेच्दै हिँड्ने व्यापारीलाई अंग्रेजीमा ‘हकर’ भन्ने गरिन्छ । सिंगापुरमा यो हकर संस्कारले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सिंगापुरमा यसरी बिक्री हुने स्ट्रीट फुडले खानेकुराको मात्र नभई त्यस ठाउँको पहिचान पनि बोकेको छ । करिब लोप हुने अवस्थामा पुगिसकेको स्ट्रीट फूडले अहिले युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदाको मान्यता प्राप्त गरेको छ । यूनेस्कोले कुनै पनि स्थानका लोप हुन लागेका धराशायी विषयलाई जोड दिन्छ र यस विश्व सम्पदाअन्तर्गत सूचीकृत गर्ने गर्छ ।

‘पहिले हकरहरूले कच्ची बाटो, पानी बग्ने ठाउँ, जस्तै : खोला, नदी वरिपरि विभिन्न सामानहरू बेच्दै हिँड्ने गर्थे । पछि त्यस्ता किसिमका सबै व्यापारी एकत्रित भए र सडकको छेउछाउमा बसेर व्यापार गर्न थाले,’ सिंगापुर हकर सेन्टर : पिपल, प्लेस, फूड नामक पुस्तकका लेखक लिली कोङले बताए ।

दूर्भाग्यवश ! अत्यधिक भीडले गर्दा यसको उचित व्यवस्थापन भने हुन सकेन । पहिले बग्ने पानी थुप्रै ह नेमा पछि त्यसको कमी आउन थाल्यो तर त्यसले विषम परिस्थिति सिर्जना गर्‍यो । पछि सन् १९२२ देखि १९३५ को बीचमा त्यहाँको नगपालिका सरकारले ती अव्यवस्थित भएर लोपप्रायः भइसकेका हकरलाई व्यवस्थित राख्न र यस्तो व्यापारलाई जोगाइराख्नका लगि ६ वटा अस्थायी कभर बजारको निर्माण गर्‍यो ।

                                                                    तस्बिर : नेशनल जियोग्राफी

त्यसबेला यो ठाउँ जापानीहरूको नियन्त्रणमा थियो । पछि दोस्रो जनयुद्धका क्रममा समेत जापानीले यहाँ व्यापार गरिराख्न अनुमति दिएका थिए । विश्वयुद्ध सकिएपछि व्यापक रुपमा बेरोजगारीको समस्या पैदा भयो, जसले गर्दा मानिसहरू हकिङलाई नै  पेशागत रुपमा अँगाल्न थाले । तर जब सन् १९६५ मा ब्रिटिस सरकारले सिंगापुर स्वतन्त्र राज्य भएको घोषणा गर्‍यो, त्यसपछि यो क्षेत्र नै एक किसिमले अस्तव्यस्त जस्तै हुने स्थिति आइपुग्यो । बढ्दो औद्योगीकरणले गर्दा व्यापक रुपमा कोलोनीहरूको निर्माण हुन थाल्यो । त्यसपछि करिब २५ हजारभन्दा बढी मानिसले हकिङ पेशा अँगाल्न थाले ।

बस्ती दिन प्रतिदिन बाक्लिँदै गएको अवस्थामा सिंगापुर सरकारले त्यहाँका नागरिकको आवासको आवश्यकतालाई पूरा गर्नका लागि विभिन्न ठाउँमा नयाँ नयाँ शहर निर्माणमा ध्यान दिन थाल्यो । हरेक समुदायले आफ्नै किसिमले प्रगति गरिरहेका थिए । त्यसपछि धेरै हकरहरूलाई रेसिडेन्सियल फूड हलमा रहेर व्यापार गर्न लगाइयो भने बाँकी रहेकालाई फ्याक्ट्रीहरू रहेको ठाउँ नजिकै रहेको हकर सेन्टर्समा रहेर व्यापार गर्न लगाइयो ।

‘जसैजसै औद्योगीकरणले बाटो लिँदै गयो, खाना बनाउन फुर्सद नहुने भएकाले पनि मानिसहरू हरेक कुरामा सस्तो तर अर्थपूर्ण वस्तुहरूको खोजी गर्न थाले, जसले गर्दा स्ट्रीट फुडको व्यापार फस्टाउँदै गयो,’ सिंगापुरका लोकल फूड कन्सल्ट्यान्ट फोटोग्राफर तथा लेखक केएफ सितोले भने ।

https://www.nationalgeographic.com/travel/article/why-unesco-is-honoring-singapore-street-food 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार