एमालेका दुई समूहको भेटवार्तामा झलनाथ किन गएनन् ?

२०७७ चैत्र २ साेमबार, काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन आज ओली समूह र नेपाल समूहका नेताहरु वार्तामा बसे । नेपाल समूहका नेताहरु पार्टी कार्यालय धुम्बाराही पगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुग्नुभएको हो ।

बिहान ११ बजेदेखि दुवै पक्षका नेताहरु वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायत नेता सहभागी छन् ।

त्यस्तै अर्को पक्षबाट नेता नेपालसहित भीम रावल, घनश्याम, भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेता सहभागी छन् ।

यद्यपि, नेपाल समूहका नेता झलनाथ खनाल भने भेटवार्तामा सहभागी हुनुभएको छैन । खनालनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले उहाँलाई भेटवार्तामा बोलाउनुभएको थिएन । सोही भएर एमालेका वरिष्ठ नेतासमेत रहेका खनाल धुम्बाराही नजानुभएको हो ।

वरिष्ठ नेता नेपालले भने खनाललाई आफूलाई ओलीले बोलाएको र त्यहाँ जान लागेको जानकारी दिएको स्रोतको दाबी छ ।
त्यसैगरी, उपाध्यक्ष वामदेव गौतम पनि धुम्बाराही जानुभएको थिएन ।

साथै, पूर्वमाओवादीबाट ओली समहमा आएका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापालगायत नेता पनि भेटवार्तामा सहभागी भएनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार